समखबर संवाददाता


0 प्रतिक्रिया

884

उमेद्धवारी दर्ताको क्रम जारी, क्रान्तिकारी माओवादी निर्वाचन बहिष्कार अभियानमा केन्द्रित

२०७९ बैशाख ११
काठमाडौँ
समखबर संवाददाता

1.1K

देशैभरि विभिन्न पार्टी स्थानीय तहको निर्वाचनको लागि उमेद्धवारी दर्ता गराउन व्यस्त रहँदा यता नेकपा (क्रान्तिकारी माओवादी) पार्टी भने निर्वाचन बहिष्कार अभियानमा केन्द्रित रहेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन जनताको हकहितको लागि नहुने भन्दै यतिबेला क्रान्तिकारी माओवादी पार्टी निर्वाचन बहिष्कारमा लागेको हो ।

गत फागुन २८ गते देखि चैत १ गते सम्म बसेको केन्द्रिय समिति बैठकले स्थानीय तहको निर्वाचन सशक्त ढंगले बहिष्कार गर्ने निर्णय गरेको थियो । उक्त पार्टीले देशैभरि स्थानीय तहको निर्वाचन कार्यक्रम बहिष्कार अभियान सञ्चालन गर्दै आइरहेको छ । स्थानीय तहको निर्वाचन बहिष्कार गरौँ भन्ने आशयका भित्ते लेखन, पोष्टर, पम्प्लेट, टाँस गर्दै पर्चा वितरण गरि निर्वाचन विरोधी जनमत बढाउन केन्द्रित रहेका छन् ।

स्थानीय तहको निर्वाचन बहिष्कार कार्यक्रममा केन्द्रित पार्टीका नेता कार्यकर्ताहरु विभिन्न जिल्लाबाट गिरफ्तारमा समेत परेका छन् ।

विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले समेत पार्टीको राष्ट्रिय भेला गरि आसन्न स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको थियो ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन यहि वैशााख ३० गते गर्ने निर्णय गरेको हो ।

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *