आज सुनको मुल्यमा सामान्य गिरावट आएको छ । सोमबार प्रतितोलामा ३ सय रुपैयाँले घटेर तोलाको १ लाख २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, (आज) सोमबार तेजावी सुनको मुल्य तोलाको १ लाख रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मुल्य प्रतितोलमा १० रुपैयाँले घटेर १ हजार ३ सय ५० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।