नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको उपमेयरको टुंगो लगाएको छ । गठबन्धनको निर्णयअनुसार हेटौंडाको मेयरमा नेकपा एसलाई र उपमेयर कांग्रेसलाई दिने निर्णय गरेको थियो ।
नेकपा एसले हेटौंडाको मेयरको लागि अहिलेकी उपमेयर मिना लामालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
कांग्रेसले हेटौंडाको उपमेयरको लागि राजेश बानियाँ र थाहा नगरपालिकाको उपमेयरको लागि भरत गोपालीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।