समखबर संवाददाता


0 प्रतिक्रिया

860

यसकारण गरे विपक्षीले पञ्जाबका मुख्यमन्त्रीको चर्को आलोचना !

२०७९ बैशाख १२
नयाँ दिल्ली
समखबर संवाददाता

1.1K

भारतका विपक्षीले पञ्जाबका मुख्यमन्त्रीको चर्को आलोचना गरेका छन् । मुख्यमन्त्री भगवन्त मानको दिल्ली भ्रमणको विपक्षीले आलोचना गरेका हुन् । राजधानीका विद्यालय र अस्पतालको अध्ययन गर्न भन्दै उनले दिल्लीको भ्रमण गर्दैछन् । कांंग्रेस र अकाली दलले भ्रमणलाई राजनीतिक नाटक र प्रचारबाजी भन्दै चर्को आलोचना गरेका छन् ।

कांग्रेस नेताहरू नभजोत सिंह सिन्धु, अमारिन्दर सिंह राजा र अकाली दलका दलजित सिंह चिमाले मुख्यमन्त्रीको भ्रमणको चर्को आलोचना गरेका छन् ।

‘पछिल्लो एक महिनामा आम आद्मी पार्टी नेतृत्वको सरकार रहेको पञ्जाबका १४ किसानहरूले आत्महत्या गरेका छन् । १४ जना किसानहरूमध्ये तपाइले कतिजनालाई भेट गर्नु भयो ? तपाई बारम्बार दिल्ली जानुहुन्छ ’, अमारिन्दर सिंह राजाले लेखेका छन्, ‘आशा गरौँ तपार्इले दिल्लीको असफल कोभिड फाइटिङ मोडल यहाँ ल्याउनु हुन्न ? के सरकार दिल्लीबाट पाँच वर्ष चल्छ ?’

दिल्ली सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुख्यमन्त्री अरविन्द केजरीवाल र मानले पञ्जाबमा ‘दिल्ली मोडेल’ लाई कसरी अनुकूलन गर्न सकिन्छ भनेर बुझ्न उनीहरूको टोलीसहित सरकारी विद्यालय, अस्पताल र क्लिनिकहरूको भ्रमण गर्नेछन् ।’

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *