समखबर संवाददाता


0 प्रतिक्रिया

9.1K

माओवादी केन्द्रबाट राजेश बि.क (बिश्वराज) निर्विरोध वडा अध्यक्षमा सिफारिस

२०७९ बैशाख १३
कैलाली
समखबर संवाददाता

11.4K

टीकापुर वडा नं. २ माओवादी केन्द्रबाट युवा नेता राजेश बि.क (बिश्वराज) निर्विरोध वडा अध्यक्षमा सिफारिस भएका छन् ।
बि.क २०६६ साल देखि युवा राजनीतिमा सकृय रुपमा निरन्तर लगिरहेका छन् ।

पार्टीको विभिन्न जिम्मेवारी सम्माल्दै सक्रिय राजनीति गर्दै नेकपा माओवादी केन्द्रको नगर सह-सचिव योङ कम्युनिस्ट लिंग (YCL) को नगर इन्चार्जको महत्त्वपूर्ण जिम्मेवारी समेत बहन गर्दै आएका छन् ।

आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा सर्वहारा वर्गको, महिलाको हक अधिकारको सुनिश्चितताको लागि आफूले उम्मेदवारी दिइएको उनले समखबरसँग बताए । विद्यार्थीकालदेखि नै पार्टीको निरन्तरतासँगै समाज रूपान्तरणका लागि सक्रिय भूमिका निर्वाह गरेको अनुभवका आधारमा अध्यक्षमा दाबी गरेको उनी बताउँछन् । आफूले सिकेका कैयौँ अनुभवलाई राजनीतिका माध्यमबाट आफ्नै माटोमा प्रयोग गर्ने उद्देश्य राखेको उनको भनाइ छ ।

अध्ययनशील, सूचना प्रविधिको राम्रो ज्ञान भएका, सबैसँग मिलेर काम गर्न सक्ने, राजनीतिकदेखि प्रशासनिक र कानूनी विषयमा ज्ञान भएका, नयाँ सोच र विचार भएका, प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्न सक्ने भएकाले उनी जस्तो राम्रो मान्छे वडाको नेतृत्वमा आउन चाहनु सकारात्मक कुरा भएको स्थानीयहरु बताउँछन् ।

11.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *