समखबर संवाददाता


0 प्रतिक्रिया

1K

महिला दलित सदस्यमा २३ हजार बढीको मनोनयन दर्ता

२०७९ बैशाख १४
काठमाडौं
समखबर संवाददाता

1.3K


स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ ।आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिएका छन् ।

आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ । आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि मनोनयन साढे १ लाखले उम्मेदवारी दिएका छन् भने देशभरका २ सय ९३ नगरप्रमुखमा ३ हजार ४ सय ६७ जनाको उम्मेद्ववारी परेको छ । उपप्रमुखमा २ हजार १ सय ३५ उम्मेद्‍वारी परेको छ ।

६ हजार ७ सय ४३ वडामा ३४ हजार ९ सय ३९ जनाले उम्मेद्‍वारी दिएका छन् । ६हजार ७ सय ४३ वडामा एउटा महिला वडा सदस्य र एकजना दलित महिला सदस्य रहन्छन् । महिला सदस्यमा २६ हजार ५७ जनाको मनोनयन परेको छ ।

महिला दलित सदस्यमा २३ हजार ४ सय ६१ जनाको मात्रै मनोनयन परेको छ । स्थानीय तहका पदको तुलनामा सबैभन्दा कम अनुपातमा उम्मेद्‍वारी परेको यही पद हो ।

1.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *