समखबर संवाददाता


0 प्रतिक्रिया

1.4K

यसकारण गर्यो प्रेस काउन्सिल नेपालले ३५ सञ्चार माध्यमलाई कारबाही !

२०७९ बैशाख १४
काठमाडौं
समखबर संवाददाता

1.8K

प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यमलाई कारबाही गरेको छ भने दर्ता नभएका ४ वेब पोर्टललाई मुलुकभित्र समाचार सम्प्रेषण हुन नसक्ने बनाइएको छ ।

बुधवार उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई गराउदैँ आएको उल्लेख गरिएको छ ।

निर्वाचन आचारसंहिता लागु भएपश्चात् काउन्सिलले देशभरका सञ्चार माध्यमहरूबाट आचारसंहिता पालना भए/नभएको विषयमा विशेष अनुगमन गरिरहेको जनाएको छ ।

२६ चैत २०७८ देखि हालसम्म आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यममध्ये ४ वटालाई २४ घण्टे स्पष्टीकरण माग गरिएकोमा २ सञ्चार माध्यमबाट पेस भएको स्पष्टीकरण चित्त बुझ्दो नभएकोले प्रथम पृष्ठमा क्षमायाचना प्रकाशन गर्न निर्देशन दिइएकोमा सोहीअनुसार प्रकाशन भएको छ भने २ वटाले आगामी दिनमा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्ने र सजग रहने प्रतिबद्धता जनाइएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै, ६ पत्रपत्रिका, ३ रेडियो, ५ टेलिभिजन र १४ अनलाइन गरी २८ वटालाई निर्देशन दिइएको र २ अनलाइनबाट निर्देशनपश्चात् पनि प्रतिकूल सामाग्री पुनः सम्प्रेषण भएको देखिएकोले सचेत गराइएको छ । त्यस्तै ४ वटा सञ्चार माध्यमलाई ध्यानाकर्षण गराइएको छ ।

1.8K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *