सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पद त्यागेका छन्। बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दे उनले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
‘राणा कालमा तत्कालीन श्री ३ शासकहरूले आफ्नो गौणका हाकिम हटाएझैं नेपाली कांग्रेसको विधि विधान कुल्चेर मलाई दोस्रो पटक कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी हटाइएको छ,’ उनले भने, ‘मलाई यो पार्टीबाट प्रदेशसभाको निर्वाचित सांसद पदमा रहन नैतिकताले दिँदैन। आजदेखि म प्रदेशसभा सांसद नरहेको सञ्चार माध्यमबाट घोषणा गर्दछु।’
आसन्न स्थानीय तहको निर्वाचनमा उनले नेपाली कांग्रेस बिपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गरेपछि कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी उनलाई कारबाही गरिएको थियो।