समखबर संवाददाता


0 प्रतिक्रिया

1K

हुम्लामा पुग्यो ३८ हजार मतपत्र

२०७९ बैशाख १५
सिमकोट
समखबर संवाददाता

1.3K


वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका आवश्यक मतपत्र लगायत निर्वाचन सामग्री बिहीबार जिल्लामा आइपुगेको छ । दुई दिन लगाएर नेपालगञ्जबाट ३८ हजार मतपत्र लगायत ५८ प्रकारका मतदान केन्द्रमा आवश्यक पर्ने निर्वाचन सामाग्री जिल्लामा पुगेको जनाइएको छ ।

३८ हजार मतपत्र बिहीबार जिल्लामा हेलिकप्टर मार्फत पुगेको भने बुधबार मतपेटिका लगायतका निर्वाचन सामाग्री पुगेको छ । ८५ लिटरका १ सय २८ मतपेटिका समेत हिमाली जिल्ला हुम्लामा पुगेको निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ ।

जिल्लामा मतपत्र लगायतका सामाग्री पुगेसँगै केही दिनमा सुरक्षित साथ पठाइने भएको छ । ५४ मतदान केन्द्रका लागि उक्त सामाग्री जिल्ला पुगेको हो ।

जिल्लाको सात वटै गाउँपालिकाको मतदाता संख्या ३२ हजार ५ सय ८१ रहेको छ । महिला १५ हजार ६ सय ७ र पुरुष १६ हजार ९ सय ७४ रहेको छ ।

1.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *