नेत्रविक्रम चन्द‘विप्लव’ नेपाल कम्युनिस्ट पार्टीबाट कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेला काठमाडौंमा सुरु भएको छ । पार्टी अनुशासन विपरित अभिव्यक्ति दिएको भन्दै विप्लवले ओली र बास्तोला लाई कारवाही गरेपछि उनीहरुले आफ्नो पक्षको केन्द्रीय समिति भेला गरेका हुन् ।
देशैभरबाट उपस्थित भएका केन्द्रीय समिति र सल्लाहकार समितिको बैठक काठमाडौंमा केही दिन चल्ने बताएको छ । केन्द्रीय समितिका ६८ जना केन्द्रीय सदस्यमध्ये ४० जना केन्द्रीय सदस्य भेलामा उपस्थिति भएको हेमन्तप्रकाश धर्मेन्द्र पक्षका एक नेताले बताए ।
उनीहरु राजनीतिक र वैचारिक रुपमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग नजिक भएकाले उतै सहकार्य गर्ने स्थिति आउन सक्ने बताइँदै आएको छ । तर विप्लवसहित विश्वकर्माहरू एमाले पथमा लागेको बताएको छ ।
‘प्रतिबन्धको अवधिमा तीन बुँदे सहमति स्थानीय चुनावी तालमेलसम्म आउँदा विप्लव र विश्वकर्माले एमाले अध्यक्ष केपी ओलीसँग भित्री रुपमा सहमति गरेको छ । स्थानीय तहको चुनावमा एमालेसँग तालमेल गर्ने वातावरण बनाउँदै उनीहरु समेत संसद छिर्ने दाउ देखिन्छ ।
राजनीति विचारलाई मर्न नदिने भन्दै क्रान्तिको झण्डा झुक्न नदिने हेमन्तप्रकाश र धर्मेन्द्र पक्षको भनाई छ ।