समखबर संवाददाता


0 प्रतिक्रिया

1.5K

बालेनले लेखेः ‘चुनाव चिन्ह लौरो बूढाबूढीलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने’

२०७९ बैशाख १७
काठमाडौं
समखबर संवाददाता

1.9K

काठमाडौं महानगरको प्रमुखका लागि स्वतन्त्र उम्मेदवार बनेका इन्जिनियर तथा र्‍यापर बालेन शाहले लौरो चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले शनिबार मध्यान्ह उनलाई लौरो चुनाव चिन्ह दिएको हो ।

उनी चुनाव चिन्ह लिन प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृह पुगेका थिए । आयोगले लौरो चुनाव चिन्ह दिएपछि बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘चुनाव चिन्ह लौरो बूढाबूढीलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने ।’

काठमाडौंमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवार बालेनको नाम पनि चर्चामा छ । महानगरमा कांग्रेसबाट सिर्जना सिंह, एमालेबाट केशव स्थापित, राप्रपाबाट मदनदास श्रेष्ठ चुनावी मैदानमा छन् ।

1.9K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *