नेकपा एमालेले सूर्यविनायक नगरपालिकामा घरदैलो कार्यक्रम शुरु गरेको छ । यही बैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले सूर्यविनायकमा शनिबारदेखि घरदैलो कार्यक्रम शुरु गरेको हो ।
सूर्यविनायक नगरपालिका वडा नं. २ को बालकोटबाट औपचारिक रुपमा शुरुवात गरिएको घरदैलो कार्यक्रममा एमालेबाट निर्वाचीत क्षेत्र नं. २ सांसद महेश बस्नेत, एमालेका तर्फबाट मेयरका उम्मेदवार बासुदेव थापा, उपमेयरका उम्मेदवार सरिता भट्टराई, वडाध्यक्षका उम्मेदवार विश्वराज विष्टलगायत वडाका उम्मेदवारहरु सहभागि थिए ।
त्यस्तै, एमालेले भोलि आइतबार वडा नं(.४ स्थित दधिकोटमा धरदैलो कार्यक्रम राखेको जनाएको छ ।