समखबर संवाददाता


0 प्रतिक्रिया

1.4K

कुल बजेट भन्दा ज्यादा रकमकाे विदेशी सामाग्री खरिद गर्ने मुलुक स्वाधीन र आत्मनिर्भर हुन सक्दैनः थापा

२०७९ बैशाख १८
काठमाडौं
समखबर संवाददाता

1.7K

नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य परि थापाले अहिलेको बुर्जुवा गणतन्त्रको ठाउँमा जनताको गणतन्त्र ल्याउनका लागि आफूहरुले निर्वाचन बहिस्कार गरेको बताए ।

१३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता थापाले यस्तो बताएका हुन् ।

दलाल बुर्जुवा गणतन्त्र दलाल पुँजीवादमा आधारित रहेको, दलाल पुँजीवाद अमानवीय हुन्छ भन्दै नेपाल कम्युनिष्ट पार्टीका स्थायि समिति सदस्य परि थापाले यो व्यवस्थामा जनताले गरेको श्रमको अतिरिक्त फाइदा पुँजीपतिले लिने गरेको बताए ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका दृष्टिले मुलुक विकराल समस्यामा रहेको चर्चा गर्दै उनले आफ्नो बजेटको भन्दा बढी विदेशी मुलुकबाट किनेर खाने देश कहिल्यै स्वाधीन र आत्मनिर्भर हुन नसक्ने बताए । मुलुकलाई स्वाधीन र आत्मनिर्भर बनाउन मुलुकमा रहेको प्राकृतिक सम्पदा र मानवीय सोध्ने साधनको नेपालमै खपत गर्ने नीति र विधिसहितको वातावरण बनाउनुपर्ने विचार व्यक्त गरे ।

1.7K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *