समखबर संवाददाता


0 प्रतिक्रिया

908

कारले मोटरसाइकललाई ठक्कर दिँदा २ को मृत्यु

२०७९ बैशाख १९
पोखरा
समखबर संवाददाता

1.1K

कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सबिना पुनको मृत्यु भएको हो ।

सबिनाको घटनास्थलमै मृत्यु भएको थियो भने जीतबहादुरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

कारको ठक्करबाट बाबुछोरीले ज्यान गुमाएपछि आफन्तहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबीच अहिले परिवार र आफन्तले वार्ता गरिरहेका छन् । उनीहरूले कारका फरार चालकलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

पोखराबाट जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा आउंँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *