समखबर संवाददाता


0 प्रतिक्रिया

816

गल्कोट स्पोर्टस् क्लबलाई हराउँदै विजेता बने त्रिभुवन आर्मी क्लबको पुरुष टिम

२०७९ बैशाख २०
काठमाडौं
समखबर संवाददाता

1K

गल्कोट स्पोर्टस् क्लबलाई सोझो सेटमा हराउँदै त्रिभुवन आर्मी क्लबको पुरुष टिमले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगमा शतप्रतिशत जित यात्रालाई निरन्तरता दिएको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको दिनको दोस्रो खेलमा आर्मीले गल्कोटलाई २५–१२, २५–११, २५–२२ को सोझो सेटमा हरायो ।

आर्मीले पहिलो खेलमा एपीएफ क्लबलाई र दोस्रो खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा हराएको थियो । शतप्रतिशत नतिजा निकालेको आर्मीले ९ अंक बनाएको छ ।

यता, गल्कोट पहिलो खेलमा पुलिससँग सोझो सेटमा र दोस्रो खेलमा एपीएफसँग ३–१ को सेटमा पराजित भएको थियो ।

1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *