ललितपुरमा २६ वर्षीया महिला बलात्कृत भएकी छन् । उक्त महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–४ इमाडोल शिलतहाइट बस्ने २३ वर्षीय टंक बहादुर बिकलाई सोमबार पक्राउ गरेको छ ।
बिकले ती महिलालाई उनकै कोठामा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले घटनाकाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।