समखबर संवाददाता


0 प्रतिक्रिया

832

आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले मागे यी दललाई स्पष्टीकरण !

२०७९ बैशाख २२
काठमाडौँ
समखबर संवाददाता

1K

निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको भन्दै विभिन्न दललाई स्पष्टीकरण सोधेको छ । आयोगले नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जवाफ मागेको छ । आयोगले राजनीतिक दललाई पटक पटक आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह गर्दै विशेष निर्देशनसमेत जारी गर्दै आएको छ । तथापि आचारसंहिता उल्लङ्घनका घटनामा प्रमुख राजनीतिक दल मुछिने क्रम नघटेको जनाएको छ ।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले ३२ दल, उम्मेदवार तथा पदाधिकारीसँग जवाफ मागेको जनाए ।उनले पाँच जनाको जवाफ अझै नआएको बताए ।

निर्वाचन आचारसंहितामा १८ वर्ष उमेर नपुगेका बालबालिकालाई चुनाव प्रचारप्रसारमा प्रयोग गर्न नहुने व्यवस्था छ । निर्वाचन आयोगले चैत २५ गतेदेखि आचारसंहिता लागू गरेको हो ।

1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *