राप्रपाबाट मेयरका उम्मेदवार बनेका खेमप्रसाद गौतमको कारमा आगजनी भएको छ । मोरङको बेलबारी नगरपालिकाको मेयरका उम्मेदवार बनेका गौतमको बेलबारी–२ स्थित घरमै पार्किङ गरेर राखेको अवस्थामा शुक्रबार बिहानपख करिब २ बजे बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले आगजनीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सुन्दरहरैंचा नगरपालिका–१२ का अन्दाजी २८ वर्षीय सुवास पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।
सीसीटीभी क्यामेरा फुटेजका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।