नेकपा (माओवादी केन्द्र) पार्टीले स्थानीय निर्वाचनका लागि प्रतिबद्धता र सङ्कल्पसहित २३ वैशाखमा घोषणापत्र सार्वजनिक गरेको छ ।
कैलालीको टिकापुर नगरपालिका वडा नं. २ का लागि वडा अध्यक्ष राजेश बि.क (बिश्वराज) ले उक्त घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
प्रतिबद्धता पत्र ( वडा भित्र गरिने गौरवका योजनाहरु ) यसप्रकारका छन्:
१. सरकारी गाडी नचढ्ने,
२. सनकट्टी घाटमा पक्की पुल निर्माण गर्ने,
३. र्गातमबुद्ध र डल्फीन पार्क निर्माण तथा व्यवसायीकरण गरिने,
४. प्राविधिक शिक्षा, मा.वि स्तरसम्म निःशुल्क शिक्षा प्रदान गरिने,
५. नमुना स्वास्थ्य चौकी निर्माण गरिने,
६. वडा स्तरीय खेलकुद मैदान निर्माण गरिने,
७. छाडा पशु व्यवस्थापन गरिने,
८. स्वच्छ खानेपानी तथा फोहोर व्यवस्थापन र ढल निकासको व्यवस्थापन गरिने,
९. वडा स्तरमा स्वरोजगार युक्त व्यवसायीक तालीमहरु सञ्चालन गरिने,
१०. कृषी आधुनिकीकरण गरिने,
११. लागु औषध तथा दुव्र्यसनीलाई नियन्त्रण तथा निस्तेज पार्न वडा स्तरमा कार्यक्रम सञ्चालन गरिने,
१२. कर्णाली नदि किनारमा मसान घाटको नर्माण गरिने,