समखबर संवाददाता


0 प्रतिक्रिया

828

प्रचण्ड पुगे जनकपुर, देउवा पनि जाने

२०७९ बैशाख २४
काठमाडौं
समखबर संवाददाता

1K

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेस प्रदेशको राजधानी जनकपुर पुगेका छन् । त्यहाँ उनले आज दिउँसो २ बजे हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नेछन् । 

त्यसअघि पार्टीको दुईवटा कार्यक्रममा पनि उनी सहभागी हुने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि जाने भएका छन् । 

पाँच दलीय गठबन्धनले संयुक्त चुनावी सभा ठाउँठाउँमा गर्दै छ । चुनावको प्रचार गर्ने समय केही दिन मात्र बाँकी रहेको बेला गठबनधनका नेताहरू चुनावी अभियानमा छन् ।
 
 

1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *