समखबर संवाददाता


0 प्रतिक्रिया

2.5K

वडाध्यक्षका उम्मेदवार मृत अवस्थामा फेला परेपछि..।

२०७९ बैशाख २४
सुनसरी
समखबर संवाददाता

3.1K

सुनसरीका वडाध्यक्षका उम्मेदवार मृत अवस्थामा फेला परेका छन् । रामधुनी नगरपालिका-८ बाट स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेदवारी दर्ता गराएका गणेश पौडेल आफ्नै घर पछाडि मृत फेला परेका हुन् ।

उनी गत बिहीबार इनरूवा-४, बसचौकमा मोटरसाइकल सडकमै छाडेर सम्पर्क विहीन भएका उनी अपहरणमा परेको हल्ला फैलिएको २४ घण्टापछि बिहीबार परिवार र जिल्ला प्रहरी कार्यालय सुनसरीको सम्पर्कमा आएका थिए ।

उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापाले बताए । यसअघि नेपाली कांग्रेसका कार्यकर्ता रहेका पौडेलले वडाध्यक्षमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका थिए ।

3.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *