समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

नेता पुनले लगाए ओलीलाई आत्तिएर राजावादी शक्तिसँग चुनावी गठबन्धन गरेको आरोप !

२०७९ बैशाख २४
रोल्पा
समखबर संवाददाता

1.4K

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेकपा एमालेका अध्यक्ष केपी ओलीले आत्तिएर राजावादी शक्तिसँग चुनावी गठबन्धन गरेको आरोप लगाएका छन् । रोल्पाको गंगादेवमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पुनले यस्तो आरोप लगाएका हुन्।

मुलुकलाई प्रतिगमनमा लैजान र परिवर्तन संस्थागत गर्न जारी भएको संविधान च्यात्न दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेकाले ओली र ओलीको दल एमालेलाई जनताले निर्वाचन मार्फत दण्डित गर्ने उनको भनाइ थियो ।

उनले भने, ‘केपी ओलीजी आज राजावादी, पश्चगामी र प्रतिगामी शक्तिसँग हातेमालो गर्ने ठाउँमा पुग्नुभएको छ । आफ्नै कर्मले संघमा र प्रदेशमा सरकार छैन। थानीय तहमा पराजित हुँदै हुनुहुन्छ, उहाँको दक्षिणपन्थी सोचका कारणले।’ ओलीले पाँच दलीय गठबनन्धनलाई पाँच केजीको ढक र आफू एक्लै एक क्विन्टल भएको सार्वजनिक दाबी गरे पनि उनकै व्यवहारको त्यो खण्डित भइसकेको बताए ।

पाँच दलीय गठबन्धन सुदृढ र मजबुत बन्दै गएपछि ओली पराजित मानसिकतामा पुगेको दाबी उनले गरे।

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *