नेकपा (क्रान्तिकारी माओवादी)ले काठमाडौंमा बृहत निर्वाचन बहिस्कार सभा सम्पन्न गरेको छ ।
क्रान्तिकारी माओवादीको काठमाडौं जिल्ला समितिको आयोजनामा गरिएको सभालाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता सीपी गजुरेलले भ्रष्ट, राष्ट्रघाती र जनघातीहरुले जित्ने यो चुनावको कुनै औचित्य नरहेको बताए ।
नेता गजुरेलले देश र जनता लुट्न राष्ट्रघाती र जनघाती तत्वहरुले गठबन्धनको नाममा सिन्डिकेटको राजनीति गरेको बताए ।
उक्त गठबन्धनले कथित लोकतन्त्रमाथि समेत भद्दा मजाक गरेको र फासिवादी अभ्यासतर्फ सत्तारुढ गठबन्धन अगाडि बढेको चर्चा गर्दै सच्चा लोकतन्त्रवादीहरुले पनि अब यो व्यवस्थाको विकल्प खोज्ने बेला समेत आएको बताए।