समखबर संवाददाता


0 प्रतिक्रिया

740

यसकारण भयो तीन उम्मेदवारीको उम्मेदवार बदर !

२०७९ बैशाख २५
लमजुङ
समखबर संवाददाता

925

लमजुङमा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकामध्ये तीन जनाको उम्मेदवारी बदर भएको छ । ३० वैशाखमा हुने निर्वाचनमा लमजुङको दोर्दी गाउँपालिकाको दुई जना र क्व्होलासोंथार गाउँपालिकाका एक जनाको उम्मेदवारी बदर भएको हो ।

मनोनयन बदर हुनेमा मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट क्होलासोँथार गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका मिनप्रसाद गुरुङको उम्मेदवारी बदर भएको हो । एउटै पार्टीबाट अध्यक्ष र उपाध्यक्ष पदमा दुबै जना पुरुषको उम्मेदवारी परेपछि सम्बन्धित पार्टीसँग छलफल गरी उपाध्यक्षका उम्मेदारको मनोनयन बदर गरिएको हो ।

दोर्दी गाउँपालिकामा पनि मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाटै अध्यक्षमा उम्मेदवारी दिएका रामबहादुर गुरूङको मनोनयन बदर भएको छ ।

दोर्दी गाउँपालिका-५ मा दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी माओवादी केन्द्रकी उम्मेदवार कुमारी सार्कीको पनि उम्मेदवारी बदर भएको छ । कुमारीको हस्ताक्षरमा प्राविधिक समस्या आएपछि निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी बदर गरिएको हो ।

925

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *