३० वैशाखमा हुने स्थानिय तहको निर्वाचनमा ललितपुर महालक्ष्मी नगरपालिकामा नगरप्रमुखका उम्मेदवार शिवप्रसाद कट्टेलले विभिन्न विकासका योजनाहरु ल्याएका छन् । विगत तीन दशकदेखि महालक्ष्मी क्षेत्रमा सामाजिक कार्यमा सहभागि हुदैँ आएका उनी मेयरका प्रत्यासी बनेपछि आकर्षक योजनासहित चुनावी प्रचार प्रसारमा लागेका छन् ।
ग्वार्कोमा फ्लाइओभर निर्माणदेखि स्वास्थ्य, महिला र वृद्धवृद्धा सम्बन्धी विशेष योजनासहितका प्रतिबद्धता बोकेर यतिबेला उनी घरदैलो कार्यक्रममा व्यस्त छन् । उनी बताउँछन् मैले राजनीतिलाई समाजसेवाको रुपमा लिएको छु, तिनदशकदेखि महालक्ष्मीको विकासको लागि कुनै न कुनै पक्षबाट भूमिका निभाईराको छु त्यसैले मलाई यहाँका स्थानीय वासिन्दाहरुले भोट दिन्छन् ।
उनले ग्वार्कोको जाम हटाउने, महिलाहरुलाई निशुल्क सिनेटरी प्याड वितरण गर्ने, अस्पताल निर्माण र दीर्घ रोगीलाई निशुल्क औषधी वितरण गर्ने, नक्सापासलाई व्यवस्थित र नियमित बनाउने, घर- घरमा खानेपानी पुर्याउने, प्रशासनिक भवन ६ महिनाभित्रमा शिलान्यास गर्ने लगायतका योजनाहरू प्घोषणापत्रमा उल्लेख गरिएको छ ।
उनले चुनाबमा नयाँ एजेण्डा लिएर आएका छन् । यसअघिका जनप्रतिनिधिले गर्न नसकेका र नदेखेका विकासका योजनालाई आफ्नो घोषणापत्रमा समावेश गरेका छन् ।