समखबर संवाददाता


0 प्रतिक्रिया

964

कट्टेलसहित गठबन्धन टोलीले गरे निर्वाचन प्रचार प्रसार र घरदैलो कार्यक्रम

२०७९ बैशाख २५
ललितपुर
समखबर संवाददाता

1.2K

महालक्ष्मी नगरपालिकाका मेयर उम्मेदवार शिवप्रसाद कट्टेलसहित गठबन्धनका टोलीले निर्वाचन प्रचार प्रसार कार्यक्रमलाई तीव्रता दिएको छ । निर्वाचन नजिकिँदै गर्दा मेयर, उपमेयर, वडाध्यक्षसहितको टोली घरदैलो कार्यक्रममा व्यस्त छ ।

नगरपालिकाको नयाँ नेतृत्वमा कट्टेललाई अघि सार्न स्थानीयवासी र गठबन्धनमा रहेको नेपाली कांग्रेस पनि प्रचारप्रसारमा सहभागी हुँदै उनको पक्षमा भोट मागिरहेका छन् ।

महालक्ष्मी नगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का शिवप्रसाद कट्टेल मेयर र उपमेयरमा कांग्रेसबाट लक्ष्मी महर्जन उम्मेदवार हुन् ।

शुक्रबार गरिएको घरदैलो कार्यक्रममा करिब ५ सय स्थानीय र पार्टीका नेता कार्यकताको सहभागीतामा दिनभरीनै प्रचारप्रसार र घरदैलो कार्यक्रममालाई तीब्रता दिएको मेयरका उम्मेदवार कट्टेलले बताए ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *