समखबर संवाददाता


0 प्रतिक्रिया

1K

मुगुमा निर्वाचनलाई लक्षित गर्दै आवश्यक सुरक्षाकर्मी परिचालन

२०७९ बैशाख २६
मुगु
समखबर संवाददाता

1.3K

हिमाली जिल्ला मुगुमा स्थानीय तह निर्वाचन सुरक्षाका लागि १ हजार १ सय ६५ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आवश्यक सुरक्षाकर्मी परिचालन गरेको हो ।

निर्वाचन सुरक्षाका लागि २ सय ९८ जना नेपाल प्रहरी, २ सय ५० जना नेपाली सेना, १ सय ६० जना सशस्त्र प्रहरी र ४ सय ५७ जना म्यादी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक सुवास हमालले बताए ।

निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षाको जनशक्ति खटिइ सकेको र निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहने छ । निर्वाचनको सुरक्षा चुनौती आँकलन गर्दै चारैवटा सुरक्षा निकायले आ–आफ्नो तयारी तीव्र पारेका छन् ।

नेपाली सेनाको श्री बक्स गुल्मका मेजर झलक लामाका अनुसार मुगुका ४ वटै स्थानीय तहमा नेपाली सेना परिचालन गरिएको छ ।

1.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *