समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

यसकारण भयो सुँगुरको मुटु प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको मृत्यु !

२०७९ बैशाख २६
न्युयोर्क
समखबर संवाददाता

1.5K

मेरिल्याण्डका ५७ वर्षीय व्यक्ति डेभिड बेनेट सिनियर प्रत्यारोपण बिफलतासँग जोडिएको सुँगुरको भाइरसको शिकार भएको हुन सक्ने वैज्ञानिकहरूले विश्वास गरेका छन् । सुँगुरको भाइरसका कारण उनको मृत्यु भएको हुन सक्ने प्रत्यारोपणमा संलग्न शल्यचिकित्सक डा. बार्टले ग्रिफिथले बताए ।

बेनेटको शल्यक्रिया ७ जनवरीमा बाल्टिमोर युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरमा भएको थियो । तर, शल्यक्रिया भएको दुई महिनापछि उनको मृत्यु भएको थियो ।

‘शल्यक्रियापछि प्रत्यारोपित मुटुले धेरै सातासम्म कुनै अवरोधबिना धेरै राम्रो काम गरेको थियो । तर, शल्यक्रियापछि उनको अवस्था झनै बिग्रदै गयो’, मेडिकल सेन्टरले एउटा विज्ञप्तिमा भन्यो ।

सुँगुरको भाइरसले यस्ता प्रत्यारोपणका बिरामीहरूलाई आजीवन निगरानी गर्नुपर्ने चासोलाई उजागर गरेको विज्ञहरू विश्वास गर्छन् ।

बेनेटको मुटु पोर्सिन साइटोमेगालो भाइरसबाट संक्रमित भएको जनाइएको छ । यस्ता संक्रमितलाई श्वासप्रश्वासको समस्या देखिने बताइएको छ ।
बेनेटमा प्रत्यारोपण गरिएको सुँगुर बायोटेक कम्पनी रेभिभिकोरले हुर्काएको थियो । एजेन्सी

1.5K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *