स्थानीय तह निर्वाचनका लागि काठमाडौँबाट गाउँ फर्कनेको लर्को लागेको छ । आगामी शुक्रबार (३० वैशाख) मा हुने निर्वाचनमा मतदानका लागि गाउँ जानेहरुको भीड लाग्न थालेको छ ।
आज बिहानैदेखि उपत्यकाबाट बाहिरिने काठमाडौँको कोटेश्वर, नयाँ बसपार्क, बालाजु माछापोखरी, कलंकी, बल्खुलगायतका स्थानमा सवारी साधनको चाप रहेको छ ।
आजदेखि विद्यालयसमेत बन्द भएको र मतदानका लागि आज र भोलि मतदाता परिचयपत्र वितरण हुने भएकाले मतदानको अघिल्लै दिन गाउँ पुक्नेहरुको भीड ह्वात्तै बढेको हो ।