समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

उपत्यकाका तिनै जिल्लामा चुनाव अवधिसम्म मदिरा किनबेचमा रोक

२०७९ बैशाख २८
काठमाडौंं
समखबर संवाददाता

1.4K

उपत्यकाका तिनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा हिजो रातिबाट मदिरा बिक्रीमा रोक लगाइने भएको छ। मौन अवधि शुरू भएदेखि निर्वाचन नसकिउन्जेलसम्म मदिरा किनबेचमा रोक लगाइने भएको हो।

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर तीनै जिल्ला प्रशासन कार्यालयले मदिरा बिक्रीमा रोक लगाउने जनाएका छन्। मदिराजन्य पदार्थको सेवनले शान्ति सुरक्षामा दखल पर्ने भन्दै प्रशासनले आजदेखि वैशाख ३० गते चुनाव अवधिभर मदिराजन्य पदार्थ किनबेचमा रोक लगाएको हो।

‘स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि मिति २०७९ वैशाख २७ गते मंगलबार राती १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्य नगर्नूरनगराउनू होला’, सूचनामा भनिएको छ।

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *