समखबर संवाददाता


0 प्रतिक्रिया

764

बुटवलको मिलनचोकमा बम विष्फोट

२०७९ बैशाख २९
काठमाडाैं
समखबर संवाददाता

955

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बुटवको मिलनचोकमा बम विष्फोट भएको छ । बुधबार साँझ साढे ८ बजेतिर बम विष्फोट भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकमा रहेको सनराइज बैंकको अगाडि प्रेसर कुकर बम विष्फोट भएको हो ।

विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । यद्यपि घटनास्थलमा नेकपा माओवादी नामको पर्चा भेटिएको छ भने त्यसमा स्थानीय निर्वाचन बहिस्कार गरौं भनेर लेखिएको छ । 

घटनास्थल आसपास केही छर्राहरु समेत फेला परेको प्रहरीको भनाई छ । प्रहरीले घटनामा संलग्नलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । बम विष्फोट भएको थाहा पाएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घनास्थल पुगेको थियो । विष्फोटबाट नजीकै रहेको पसलको सटरमा प्वाल परेको छ । 
 

Avatar

955

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *