समखबर संवाददाता


0 प्रतिक्रिया

1.7K

क्रान्तिकारी माओवादीले राजधानीमा निकाल्यो मसाल जुलुस

२०७९ बैशाख २९
काठमाडाैं
समखबर संवाददाता

2.1K

स्थानीय तहको निर्वाचन पुर्वसन्ध्यामा नेकपा क्रान्तिकारी माओवादीले राजधानीमा मसाल जुलुस निकालेको छ ।

स्थानीय तह निर्वाचनको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको उक्त पार्टीले सरकारलाई खबरदारी गर्दै मसाल जुलुस निकालेको हो । काठमाडौंको ईन्द्रचोकबाट निस्केको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । सो क्रममा उक्त पार्टीको नेता कार्यकर्ता समेत गिरफ्तार परेका छन् ।

सरकारले निर्वाचन मिति घोषणा गरेपछि गत फागुन २८ देखि चैत २ सम्म बसेको नेकपा क्रान्तिकारी माओवादी केन्द्रीय समितिको बैठकले स्थानीयतह निर्वाचन सशक्त बहिष्कार गर्ने निर्णय लिएको थियो ।

2.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *