समखबर संवाददाता


0 प्रतिक्रिया

4.2K

पक्राउ परेका नेता कार्यकर्ताहरू अविलम्ब रिहा गरः वैद्य

२०७९ बैशाख २९
काठमाडौं
समखबर संवाददाता

5.3K

नेकपा क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्य किरणले पक्राउ परेका नेता कार्यकर्ता बिनासर्त अविलम्ब रिहा गर्न माग गरेको छन् ।

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मशाल जुलुस निकाल्ने क्रममा देउवा नेतृत्वको गठबन्धन सरकारले शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरी पार्टीका दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई बलजफ्ती गिरफ्तार गरेको विरोधमा एक वक्तव्य जारी गरी पक्राउ परेका नेताकार्यकर्ताहरू अविलम्ब रिहा गर्न माग गरेका हुन् ।

पक्राउ पर्नेमा नेताहरू दिनेश शर्मा, शारदा महत, वसन्त वोगटी, हरिकृष्ण गजुरेल, खगेन्द्र छन्त्याल, राम नेपाली सहित ढोग प्रसाद उपाध्याय, सुरेश तामाङ्ग सुनिता बुढाथोकी, शेखर आचार्य, ज्ञानेन्द्र प्रजापति, अजय बज्राचार्य, टीका परेल, राजुलामा, अब्दुल सलाम, रामभक्त आचार्य लगायत पक्राउ परेका थिए ।

5.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *