बझाङका दुई मतदान केन्द्रमा फेला परेका शंकास्पद वस्तु डिस्पोज गरेपछि मतदान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक ज्ञनबहादुर विष्टका अनुसार बझाङ सदरमुकामस्थित जयपृथ्वी नगरपालिका १ मा रहेको नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल ८ पिजली भन्ने ठाउँमा महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा शंकास्पद वस्तु भेटिएको थियो ।
दुवै स्थानका शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेसँगै मतदान सुरु भएको विष्टले बताए । अहिले जिल्लाका सबै स्थानमा अवस्था सामान्य रहेको प्रहरी प्रमुख विष्टले बताए ।
जयपृथ्वी स्थित मतदान केन्द्रमा प्रेसकुकर बम जस्तो देखिने शंकास्पद वस्तु र बुंगलमा रङको बट्टा जस्तो अर्को शंकास्पद वस्तु भेटिएको थियो ।