समखबर संवाददाता


0 प्रतिक्रिया

956

यसकारण भयो बालकी आधारभूत विद्यालयमा मतदान प्रक्रिया स्थगित !

२०७९ बैशाख ३०
गोरखा
समखबर संवाददाता

1.2K

गोरखाको गण्डकी गाउँपालिका–६ स्थित बालकी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान प्रक्रिया स्थगित गरिएको छ ।

केन्द्रको तीन सय मिटर क्षेत्रभित्र दुई पक्षबीच झडप भएपछि मतदान प्रक्रिया स्थगित भएको हो ।

शुक्रबार बिहान ११ः१० बजेदेखि मतदान प्रक्रिया स्थगित भएको मतदान अधिकृत अनुप देवकोटाले जानकारी दिए ।
अहिले सर्वदलीय बैठक बसिरहेको छ।

सर्वदलीय बैठकबाट सहमति गरेर मतदान प्रकिया पुनः सुचारु गर्ने तयारी भएको घ्याल्चोक प्रहरी चौकी प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *