समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

तनहुँको एक होटलमा १५ वर्षीया किशोरी बलात्कृत

२०७९ बैशाख ३०
काठमाडाैं
समखबर संवाददाता

1.4K

तनुहँमा एक जना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

उनलाई बलात्कार गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–६ बस्ने १९ वर्षीय रोशन मगरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

सोही नगरपालिका–४ दुलेगौडास्थित होटल एण्ड लजमा मगरले ती किशोरीलाई बुधबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । 

बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।
 

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *