समखबर संवाददाता


0 प्रतिक्रिया

796

अछामका दुई ठाउँमा मतदान स्थगित, पुनः सञ्चालन गर्न सर्वदलीय बैठक जारी

२०७९ बैशाख ३०
अछाम
समखबर संवाददाता

995

अछामका दुई ठाउँमा मतदान स्थगित भएको छ । पञ्चदेवल विनायक नगरपालिका-५ लयाटीमा स्वतन्त्र उम्मेदवार पक्ष र कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारबीच झडप भएपछि मतदान स्थगित भएको हो ।

लयाटीमा भएको झडपमा मतपेटिका तोडफोड गरेर मतपत्र च्यातिएका छन् भने चारजना घाइते भएका छन् ।

यस्तै साँफेबगर नगरपालिका-१३ बाब्लामा पनि मतदान स्थगित भएको छ। कांग्रेस-नेकपा एकीकृत समाजवादी गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको हो ।

मतदान सञ्चालन गर्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ।

995

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *