समखबर संवाददाता


0 प्रतिक्रिया

756

दिल्लीको व्यावसायिक भवनमा अगालागी, २७ जनाको मृत्यु

२०७९ बैशाख ३१
काठमाडाैं
समखबर संवाददाता

945

पश्चिम दिल्लीको मुन्डकामा एउटा चार तले व्यावसायिक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाइतेहरुलाई सञ्जय गान्धी अस्पतालमा भर्ना गरिएको छ । 

आगलागीको समयमा भवनभित्र ७० जनाभन्दा बढी मानिस रहेका थिए । कम्तिमा ६० जनालाई भवनबाट उद्धार गरिएको छ । केही मानिस अझै भवनभित्र फसेको प्रहरीले जनाएको छ । 

सर्ट सर्किट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीपछि दुईजना पक्राउ परेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकप्रति सहानुभूति प्रकट गरेका छन् । मृतकका प्रत्येक परिवारलाई जनही २ लाख भारु दिने मोदीले घोषणा गरेका छन् । 

945

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *