समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित

२०७९ बैशाख ३१
डडेल्धुरा
समखबर संवाददाता

1.7K

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेसकै उम्मेदवार पराजित भएका छन् । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारी विजयी भएका हुन् ।

भण्डारी ६ सय ७३ मत ल्याएर विजयी भएका हुन् । कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवा पराजित भए । उनले ५ सय ४४ मत ल्याए । विजयी भण्डारी कांग्रेस बीपीबाट करुवा चिनाव चिह्न लिएर चुनाव लडेका थिए ।

कांग्रेस डडेल्धुराका पूर्व सभापथि कर्णबहादुर मल्लले विद्रोह गरी कांग्रेस बीपीबाट जिल्लाभर उम्मदेवार उठाएका थिए । एमालेसँग तालमेल गरेका मल्लले भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाएको थियो ।

प्रधानमन्त्री देउवाको घर गन्यापधुरा गाउँपालिका-१ मा पर्छ ।

1.7K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *