भरतपुर महानगरको मत गणनाको क्रममा ‘एमसीसी मूर्दावाद !’ लेखिएको मतपत्र पाइएको छ ।
मतगणना जारी रहँदा मतपत्रमा मत नहालेर एमसीसीको विरोध गरेर लेखेको पाइएको हो । ‘मतपत्रमा कसैलाई पनि मत नहाली ‘दलाललाई भोट हाल्दिनँ, एमसीसी मुर्दावाद’ लेखेको पाइएको छ । अर्को एक मतपत्रमा भने एमसीसीको विरोध गरिएको चिट भेटिएको छ । तसर्थ दुबै मतपत्र बदर भएको छ ।’, मतगणना स्थलमा खटिएका एक दलीय प्रतिनिधिले कुराकानीको क्रममा बताए ।
भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ । जसमध्ये गठबन्धनकी उम्मेदवार रेनु दाहालको अग्रता कायम गरेकी छिन ।