समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

चन्द्रनगरमा कांग्रेसका उम्मेद्वार विजयी

२०७९ जेष्ठ १
सर्लाही
समखबर संवाददाता

1.6K

सर्लाहीको चन्द्रनगर गाउँपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका रामेश्वर प्रसाद महतो विजयी भएका हुन् । महतोले निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत प्राप्त गरे । उनको पक्षमा ६ सय ४६ मत परेको छ । यस्तै, महतोका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार सुशिल कुमार राय यादवले ३ सय ७१ मत मात्र प्राप्त गरे ।

यस्तै, गाउँपालिकामा पनि नेपाली कांग्रेसले अग्रता कायम गरिरहेको छ । पछिल्लो मत परिणामअनुसार मेयर पदको लागि कांग्रेसका उम्मेदवारको पक्षमा ७ सय ८० मत परेको छ । लोकतान्त्रिक समाजवादी र नेकपा (माओवादी केन्द्र) का उम्मेदवारलाई क्रमशः ३ सय ५७ र २ सय ९७ मत परेको छ ।

उपमेयर पदमा नेपाली कांग्रेसकी मंजु देवीलाई ५ सय ८४ मत परेको छ भने लोसपाकी उम्मेदवार कुन्तिदेवी साहलाई ३ सय ४९ र माओवादी केन्द्रकी उम्मेदवार गिता देवी महतोलाई ३ सय ८५ मत परेको छ ।

1.6K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *