दाङको शान्तिनगर गाउँपालिका वडा नं २ मा स्वतन्त्र उम्मेदवार सुनिल वली विजयी भएका छन । यो वडा नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीको गृह वडा समेत हो ।
उनले ६ सय २९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका ठाकुर प्रसाद केसीले ५ सय ९७ मत प्राप्त गरेका थिए । कांग्रेसका आधिकारिक उम्मेदवार टोपेन्द्रा खड्काले ३ सय ५१ र एमालेका उम्मेदवार पूर्णबहादुर वलीले ३ सय ३४ मत प्राप्त गरेका छन ।
वडाध्यक्ष विजयी भएका वली कांग्रेस निकट थिए । टिकट वितरणमा असन्तुष्टि जनाउदै २७ वर्षीय वलीले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।