समखबर संवाददाता


0 प्रतिक्रिया

1.9K

सामान्य मानवीय त्रुटिलाई अनावश्यक रुपमा उचाली मतगणना रोक्ने काम भयोः आयोग

२०७९ जेष्ठ १
काठमाडौं
समखबर संवाददाता

2.4K

निर्वाचन आयोगले समान्य मानवीय त्रुटिलाई अनावश्यक रुपमा उचाली मतगणना कार्यलाई ढिलाई गर्ने प्रयास गरेकोमा आपत्ति जनाएको छ ।

‘मतगणना कार्यमा खटिएका कर्मचारी, राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरुबाट निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा तात्विक असर नपर्ने सामान्य मानवीय त्रुटिका विषयलाई अनावश्यक रुपमा उचाली विवादको विषय बनाई मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नारावाजी गर्ने र समग्र मतगणना कार्यलाई ढिलाई गर्ने गरिएको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।

यस किसिमको गतिविधिबाट आयोगको पूर्व योजना अनुसार ज्येष्ठ ५ गते अगावै मतगणना कार्य सम्पन्न गर्ने उद्देश्यमा असर परेको आयोगले जनाएको छ ।

‘मतगणना कार्य छिटो भन्दाछिटो सम्पन्न गर्न राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारहरुका प्रतिनिधिहरु व्यवस्थित र अनुशासित भएर छिटो सम्पन्न गर्ने कार्यमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आवश्यक सहयोग र सहजीकरण गरी मतगणना कार्यलाई अझ व्यवस्थित रुपले अगाडि बढाई तोकिएको समयभित्रै सम्पन्न गर्न गराउन सबै सरोकारवालासँग आयोग आग्रह गर्दछ,’ विज्ञप्तिमा आयोगले भनेको छ ।

2.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *