समखबर संवाददाता


0 प्रतिक्रिया

2.4K

महिला क्रिकेटः घरेलु मैदानमा टी–२० अन्तरराष्ट्रिय श्रृंखला खेल्दै

२०७९ जेष्ठ १
काठमाडौं
समखबर संवाददाता

2.9K

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा टी–२० अन्तरराष्ट्रिय श्रृंखला खेल्दैछ । जसका लागि नेपालले अफ्रिकन राष्ट्र युगान्डालाई आतिथ्य प्रदान गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पाँच खेलको श्रृंखला लागि युगान्डा टिम आज (आइतबार) नेपाल झर्दैछ । नेपाल झरेको भोलिपल्ट (सोमबार) नै युगान्डाले घरेलु टोली नेपालको सामना गर्दैछ । खेल दिउँसो १ बजे हुनेछ ।

प्रशिक्षक जगत टमटाको प्रशिक्षणमा रहेको नेपाली टिमको कप्तानी रुविना क्षेत्रीले गर्नेछिन् । जुन टिममा केही अनुभवी खेलाडी रहँदा धेरै खेलाडी भने युवा छन् । जो अवसरको खोजीमा छन् ।

नेपाली टिमका प्रशिक्षक जगत टमटा खेलाडी पहिलो पटक घरेलु मैदानमा अन्तरराष्ट्रिय श्रृंखला खेल्न आतुर रहेको बताउँछन् । यस्तै, उनी घरेलु मैदानमा खेल्न युवा खेलाडीलाई ‘च्यालेन्ज’ हुने समेत जनाउँछन् । ‘घरेलु मैदानमा खेल्न आतुर छन् । युवा खेलाडी समेत रहेकाले आफ्नै मैदानमा खेल्न ‘च्यालेन्ज’ पनि छ ।’ पुरुष टिमको प्रशिक्षक समेत रहेका टमटा भन्छन् ।

प्रशिक्षक टमटाले श्रृंखलाको लागि १६ सदस्यीय टोली घोषणा गरेका छन् । जसमा अस्मिना कर्माचार्य र हिरणमयी रोयले पहिलो पटक टोलीमा स्थान बनाएका हुन् । बागमती प्रदेशको कप्तानी गर्दै आएकी तीव्र गतिकी बलर अस्मिना बन्द प्रशिक्षणमा रहे पनि पहिलो पटक स्थान बनाएकी हुन् । यता, यु–१९ प्रतियोगितामा राम्रो प्रदर्शन गरेकी लेग स्पिनर हिरणमयी रोय पहिलो अवसरमै टोलीमा स्थान बनाएकी छन् ।

कतार भ्रमण क्रममा खेलिएको श्रृंखला नेपालले ‘क्लिन स्विप’ गरेको थियो । प्रशिक्षक टमाटा दुवै टोलीको स्तर उस्तै रहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताउँछन् । हाल नेपाल आईसीसी टी–२० वरियतामा १६औँ स्थानमा छ भने युगान्डा १९औँ स्थानमा छ ।

नेपाल र युगान्डाबीचको खेल भोलि ९सोमबार०बाट सुरु हुनेछ भने ३ जेठमा दोस्रो, ५ जेठमा तेस्रो, ६ जेठमा चौथो र अन्तिम तथा पाँचौँ ७ जेठमा हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । खेलका हेर्न दर्शकलाई मैदान प्रवेश निःशुल्क समेत गरिएको छ ।

2.9K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *