नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटमा कांग्रेसले एमालेका उम्मेदवारलाई पराजित गरेको हो ।
कांग्रेसका प्रदीप कार्की १ हजार ५ सय ११ मत प्राप्त गर्दै विजयी भएमा हुन् । उनको निकटतम प्रतिस्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३ सय ५ मत प्राप्त गरेका छन् ।
खुला सदस्यमा कांग्रेसका जर्नादन खड्काले १ हजार ४ सय ७६ र भगत रानाले १ हजार ४ सय २४ ल्याई विजयी भएका छन् । महिला सदस्यमा कांग्रेसकै कल्पना खतिवडा, दाहालले १ हजार ५ सय २१ र दलित महिला सदस्यमा कांग्रेसकै रन्जीता तिखत्रीले १ सय ५ सय १७ मत ल्याई विजयी भएका छन् ।