नमोबुद्ध नगरपालिका वडा नं. ३ को वडाध्यक्ष सहित नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।
वडाध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका रमेश तिवारीले ९ सय ९२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रोहिणी अधिकारी (नवराज) ले ४ सय ९३ मत ल्याएमा थिए ।
नमोबुद्ध नगरपालिका वडा नं. ३ को खुला सदस्यमा कांग्रेसबाटै गोकुल प्रसाद भुर्तेल, रेशम बहादुर दाहाल, महिला सदस्यमा शान्तिमाया तामाङ्ग र दलित महिला सदस्यमा सुन्तली बि.क. विजयी भएका छन् ।