समखबर संवाददाता


0 प्रतिक्रिया

852

दाइले भाइलाई पराजित गरेपछि…।

२०७९ जेष्ठ २
अछाम
समखबर संवाददाता

1.1K

अछामको बान्‍नीगढी जयगढ गाउँपालिकामा दाइले भाइलाई पराजित गरेका छन् । कांग्रेसका टेकबहादुर साउँदले एमालेका लोकबहादुर साउँदलाई ४ सय ९८ मतान्तरले पराजित गरेका हुन् ।

टेक ३ हजार १ सय १२ मतसहित विजयी हुँदा लोकले २ हजार ६ सय १४ मत मात्र पाए ।

बान्‍नीगढ- ३ बर्दादेवी धारासैन घर भएका साउँद दाजुभाइ फरक-फरक पार्टीबाट उम्मेदवार बनेका थिए । एउटै खलकका उनीहरुका बुवा दाजुभाइ हुन् ।

टेक कांग्रेस अछामको पूर्वपार्टी सचिव हुन् भने एमाले बान्‍नीगढ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुन् ।

उपाध्यक्षमा भने एमालेका विन्दु रावल निर्वाचित भएकी छन् । रावल २ हजार ७ सय ३१ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्र उम्मेदवार निर्मला साउँदले २ हजार ७ सय १७ मत पाइन् ।

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *