समखबर संवाददाता


0 प्रतिक्रिया

736

डोल्पाको ठुलीभेरीमा कांग्रेसका उम्मेदवार विजयी

२०७९ जेष्ठ २
डोल्पा
समखबर संवाददाता

920

डोल्पा सदरमुकाम रहेको ठुलीभेरी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार स्वर्णबहादुर बुढा विजयी भएका छन् । उनले १ हजार २ सय ८६ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी नेकपा एसका कर्णबहादु रोकायले ९ सय ४५ भोट ल्याइ पराजित भए ।

उपप्रमुखमा कांग्रेसकै छिरिङ टोल्मा महतले ८ सय ४८ मत ल्याएर विजय भएका छन् । उनको प्रतिद्धन्द्धी वीरबलकुमार भण्डारीले ६ सय ८६ मत ल्याएर पराजित भएका छन् ।

११ वडा रहेको ठुलीभेरीमा वडा नम्वर १ मा कांग्रेसका तेजेन्द्र रोकया, २ मा नेकपा माओवादी केन्द्रका कमल क्षत्री, वडा नम्वरमा ३ मा कांग्रेसका भक्त भण्डारी, वडा नम्वर ४ मा नेकपा एमालेका जुद्धबहादुर बुढा, वडा नम्वर ५ मा कांग्रेसकै भीमबहादुर रोकाय, वडा नम्वर ६ मा माओवादी केन्द्रका तेजेन्द्र कार्की, वडा नम्वर ७ मा एमालेका ध्रुवविक्रम शाही, वडा नम्वर ८ मा नेकपा ९ एकीकृत समाजबादी० का मनराज ठकुल्ला, वडा नम्वर ९ मा कांग्रेसकै सुवास कठायत, वडा नम्वर १० मा कांग्रेसका हंसबहादुर महत र वडा नम्वर ११ मा एकीकृत समाजवादीका भद्र कार्की अध्यक्षमा निर्वाचित भएका छन् ।

920

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *