समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

विमानभित्र महिलाले स्टन्ट गरेको भाइरल भिडियोमा के छ ?

२०७९ जेष्ठ २
काठमाडौं
समखबर संवाददाता

1.6K

यात्राको आनन्द लिने उत्तम तरिका भनेको हल्का सामान बोक्नु हो । तर, केही व्यक्तिहरू आफ्ना कार्यमा दक्ष र असजिलो व्यवस्थापन गर्न सक्षम हुन्छन् । विमानमा बच्चासँगै यात्रा गरिरहेकी महिलाको भिडियो यसको उत्कृष्ट उदाहरण हो ।

अहिले भाइरल भिडियोमा महिलाले आफ्नो खुट्टाले विमानको ओभरहेड क्याबिन बन्द गरेको देखाइएको छ । यसले महिला विमानबाट उत्रिन लागेको देखिन्छिन् । बच्चालाई एक हातमा समातेर अर्को हातमा विमानको क्याबिनबाट सामान निकाल्छिन् ।

विमानका यात्रु र अन्य कर्मचारीले उनलाई सहयोग नगरेकाले महिला निरीह भएको तपाईले सोचिरहँदा त्यहाँ अकल्पनीय दृश्य देख्न सकिन्छ । ओभरहेड क्याबिनको ढोका बन्द गर्न जिमन्यास्टिक खेलाडीले झैँ उनले दाहिने खुट्टा उठाउँछिन् ।

उनको छोटो तर रमाइलो स्टन्ट सामाजिक सञ्जालमा भाइरल बनेको छ । लाखौँले सो भिडियो हेरेका छन् भने भिडियोमा ६ हजार ८ सय ६१ जनाले लाइक गरेका छन् । ‘ त्यो प्रभावशाली छ’, एक प्रयोगकर्ताले लेखेका छन् ।

1.6K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *