समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

भक्तपुरमा मेयरमा नेमकिपाका सुनिल प्रजापति निर्वाचित

२०७९ जेष्ठ २
भक्तपुर
समखबर संवाददाता

1.6K

भक्तपुर नगरपालिकाको मेयरमा करिब नौ गुना मतान्तरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार प्रजापतिले २९ हजार दुई सय मत पाएका छन् ।

उनका निकतट प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले तीन हजार तीन सय ५२ मतमा सिमित भए । त्यस्तै, उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९ हजार ६ सय ९५ मत ल्याएर विजयी भएकी छिन् ।

उनकी निकट प्रतिस्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७ सय ८४ मत पाएकी छिन् । यो नगरपालिकामा नेमकिपाले क्लिन स्विप (मेयर, उपमेयर, वडा अध्यक्षहरु, सदस्यहरु सबै) भएको हो । नगरपालिकामा विपक्षीहरूको भने जमानत जफत भएका छ ।

1.6K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *